काठमाडौं– चिनियाँ भिक्षु ह्वेन साङले १४ सय वर्षअघि नेपाल तथा भारत भ्रमणका क्रममा लेखेको ऐतिहासिक ग्रन्थ ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ को नेपाली संस्करण औपचारिक रूपमा सार्वजनिक गरिएको छ।
काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको मुख्य भवनमा आयोजित एक विशेष समारोहका बिच राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको प्रमुख आतिथ्यतामा उक्त पुस्तक विमोचन गरिएको हो।
यो ग्रन्थ चिनियाँ भिक्षु ह्वेन साङले करिब १४ सय वर्षअघि गरेको नेपाल र भारतको यात्रामा आधारित ऐतिहासिक अभिलेख हो।
यस कृतिलाई पहिलो पटक पूर्ण रूपमा नेपाली भाषामा अनुवाद गरी सार्वजनिक गरिएको छ।
यस पुस्तकका मूल लेखक ह्वेन साङ हुन् । यसका चिनियाँ अनुवादक फ छियाङ रहेका छन्। जसलाई नेपालीमा दीक्षा ढकालले अनुवाद गरेकी छन् ।
नेपाल र चीनबिचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप उचाइमा पुर्याउन र प्राचीन इतिहास बुझ्न यो पुस्तक उपयोगी हुने विश्वास लिइएको छ।











