भानु । नेकपा (एमाले) भानु नगर अखिल नेपाल महिला संघको चौथो बैठक सम्पन्न भएको छ। संघकी अध्यक्ष खिममाया गुरुङको अध्यक्षतामा सम्पन्न बैठकमा संगठन विस्तार, सदस्यहरूको सक्रियता वृद्धि तथा महिला नेतृत्व विकासका विषयमा छलफल भएको छ।
बैठकमा एमालेका पूर्व केन्द्रीय सदस्य तथा प्रमुख अतिथि एकबहादुर रानाले महिलाको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै संगठनलाई जनस्तरसम्म विस्तार गर्नुपर्ने बताउनुभयो।
त्यस्तै, एमाले गण्डकी प्रदेश सदस्य देबु बिष्ट, भानु नगर अध्यक्ष शंकर रानाभाट, जिल्ला सदस्य रुपा लामा र भानु–४ वडा कमिटी अध्यक्ष पूर्णबहादुर लौडारीले संगठनलाई थप प्रभावकारी बनाउन नियमित गतिविधि, सक्रिय सहभागिता र आपसी समन्वय आवश्यक रहेको धारणा राख्नुभयो।
बैठकमा अनेमसंघ जिल्ला कोषाध्यक्ष पार्वती न्यौपाने, भानु नगर उपाध्यक्ष लक्ष्मी कुमाललगायतको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन आशा लौडारीले गर्नुभएको थियो।
बैठकले आगामी कार्यक्रमलाई योजनाबद्ध रूपमा अघि बढाउँदै संगठनलाई थप सुदृढ र जनमुखी बनाउने निर्णय गरेको छ।








