भानु सन्देश , तनहुँ ।
नेपाली कांग्रेस भानु नगरपालिकाको १५औँ महाधिवेशनबाट राजन श्रेष्ठ सर्वसम्मत सभापतिमा चयन हुनुभएको छ। त्यस्तै सोम तामाङ उपसभापतिमा सर्वसम्मत चयन हुनुभएको छ। अधिवेशनबाट नयाँ नेतृत्वसहित सम्पूर्ण कार्यसमिति चयन गरिएको छ।
नवनिर्वाचित सभापति श्रेष्ठ, उपसभापति तामाङसहित सम्पूर्ण कार्यसमितिले पार्टीलाई अझ सुदृढ, एकताबद्ध र जनमुखी बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
नयाँ नेतृत्वले संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै पार्टीका नीति, विचार र कार्यक्रमलाई जनस्तरसम्म पुर्याउने तथा कार्यकर्ताबीचको एकता र सहकार्यलाई प्राथमिकता दिने जनाएको छ।
भानु नगरपालिकामा कांग्रेसको संगठनलाई थप मजबुत बनाउँदै स्थानीय जनताका आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर काम गर्ने नवनिर्वाचित नेतृत्वको प्रतिबद्धता छ।











