काठमाडौं । विक्रम संवत् १९८६ सालमा डोटि जिल्लाको कानाचौर–मेल्टामा जन्मिएका उदय सी. बमको निधन भएको छ। उनको निधनसँगै नेपालको राणाकालदेखि हालसम्मका विभिन्न शासन व्यवस्था र राजनीतिक परिवर्तनलाई आफ्नै जीवनकालमा देखेका एक जीवित इतिहासको अन्त्य भएको छ। उदय सी. बमले आफ्नो जीवनकालमा नेपालको राणाशासन, प्रजातन्त्रको स्थापना, पञ्चायती व्यवस्था, बहुदलीय प्रजातन्त्र, राजतन्त्रको अन्त्य हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रा र गत बर्षको जेन्जी बिद्रोहसम्म प्रत्यक्ष रूपमा देखे र भोगे ।

नेपालको शासन व्यवस्था पटक–पटक परिवर्तन हुँदै जाँदा उनले समाज, राजनीति र राज्य सञ्चालनमा आएका परिवर्तनलाई नजिकबाट नियाले। एक साधारण नेपाली नागरिकका रूपमा उनले विभिन्न कालखण्डका सुख–दुःख, संघर्ष, परिवर्तन र राजनीतिक उतारचढावलाई आफ्नै आँखाले देखे ।

वि.सं. १९८६ सालमा जन्मिएका बमको जीवनकाल आफैंमा नेपालको आधुनिक राजनीतिक इतिहासको लामो यात्रासँग जोडिएको थियो। पुस्तौँपुस्ताले पुस्तकमा पढ्ने इतिहासका कतिपय महत्वपूर्ण कालखण्ड उनका लागि भने जीवनका प्रत्यक्ष अनुभव थिए। बिगत केही बर्ष देखी घोडाघोडि न. पा. कैलालीकै जेष्ठ नागरिकका रूपमा सम्मान पाउदै आएका बमको ९७ बर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो ।

उनको निधन केवल एक व्यक्तिको निधन मात्र नभई एउटा पुस्ताको अनुभव, स्मृति र इतिहाससँग जोडिएको एउटा अध्यायको अन्त्यका रूपमा समेत लिइएको छ। नेपालले शासन व्यवस्थाका अनेकौँ रूप परिवर्तन गर्दै आजको गणतान्त्रिक व्यवस्थासम्म आइपुग्दा उदय सी. बमजस्ता ज्येष्ठ नागरिकहरू ती परिवर्तनका प्रत्यक्ष साक्षी बने। उनीसँग रहेको तत्कालीन समाज, शासन व्यवस्था र समयका अनुभव अब परिवार तथा नयाँ पुस्ताका लागि महत्वपूर्ण स्मृतिका रूपमा राणाकालदेखि गणतन्त्रसम्मका साक्षी उदय सी. बमको निधन

काठमाडौं — विक्रम संवत् १९८६ सालमा डोटि जिल्लाको कानाचौर–मेल्टामा जन्मिएका उदय सी. बमको निधन भएको छ। उनको निधनसँगै नेपालको राणाकालदेखि हालसम्मका विभिन्न शासन व्यवस्था र राजनीतिक परिवर्तनलाई आफ्नै जीवनकालमा देखेका एक जीवित इतिहासको अन्त्य भएको छ। उदय सी. बमले आफ्नो जीवनकालमा नेपालको राणाशासन, प्रजातन्त्रको स्थापना, पञ्चायती व्यवस्था, बहुदलीय प्रजातन्त्र, राजतन्त्रको अन्त्य हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रा र गत बर्षको जेन्जी बिद्रोहसम्म प्रत्यक्ष रूपमा देखे र भोगे।

नेपालको शासन व्यवस्था पटक–पटक परिवर्तन हुँदै जाँदा उनले समाज, राजनीति र राज्य सञ्चालनमा आएका परिवर्तनलाई नजिकबाट नियाले। एक साधारण नेपाली नागरिकका रूपमा उनले विभिन्न कालखण्डका सुख–दुःख, संघर्ष, परिवर्तन र राजनीतिक उतारचढावलाई आफ्नै आँखाले देखे।

वि.सं. १९८६ सालमा जन्मिएका बमको जीवनकाल आफैंमा नेपालको आधुनिक राजनीतिक इतिहासको लामो यात्रासँग जोडिएको थियो। पुस्तौँपुस्ताले पुस्तकमा पढ्ने इतिहासका कतिपय महत्वपूर्ण कालखण्ड उनका लागि भने जीवनका प्रत्यक्ष अनुभव थिए। बिगत केही बर्ष देखी घोडाघोडि न. पा. कैलालीकै जेष्ठ नागरिकका रूपमा सम्मान पाउदै आएका बमको ९७ बर्षको उमेरमा असोज ६ गते आफ्नै निवासमा निधन भएको हो ।

उनको निधन केवल एक व्यक्तिको निधन मात्र नभई एउटा पुस्ताको अनुभव, स्मृति र इतिहाससँग जोडिएको एउटा अध्यायको अन्त्यका रूपमा समेत लिइएको छ। नेपालले शासन व्यवस्थाका अनेकौँ रूप परिवर्तन गर्दै आजको गणतान्त्रिक व्यवस्थासम्म आइपुग्दा उदय सी. बमजस्ता ज्येष्ठ नागरिकहरू ती परिवर्तनका प्रत्यक्ष साक्षी बने। उनीसँग रहेको तत्कालीन समाज, शासन व्यवस्था र समयका अनुभव अब परिवार तथा नयाँ पुस्ताका लागि महत्वपूर्ण स्मृतिका रूपमा रहनेछन्।

उदय सी. बमप्रति हार्दिक श्रद्धाञ्जली। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना ।