भानु सन्देश ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली मञ्च, पोर्चुगलको आठौँ एकता अधिवेशनले सरिता शर्मालाई अध्यक्षमा निर्वाचित गरेको छ। अधिवेशनबाट शर्माको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो।

अधिवेशनबाट अध्यक्षमा सरिता शर्मा, उपाध्यक्षमा मानवीर लामा, सुरेश कुमार र देवराज घिमिरे, महासचिवमा सुरेश गिरी, सचिवमा प्रकाश घिसिङ र दीपक परियार तथा कोषाध्यक्षमा शम्भु प्रसाद उप्रेती चयन भएका छन्।

नवनिर्वाचित नेतृत्वलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष तिलक प्रसाद गैरेले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

उपाध्यक्ष गैरेले नवनिर्वाचित अध्यक्ष शर्मा लगायत सम्पूर्ण कार्यसमितिलाई बधाई दिँदै प्रवासमा रहेका नेपालीहरूबीच आपसी एकता, सहकार्य र सामाजिक सद्भाव कायम गर्दै नेपाली समुदायको हितमा प्रभावकारी भूमिका निर्वाह गर्न सफल हुने विश्वास व्यक्त गरेका छन्।

नवनिर्वाचित कार्यसमितिले प्रवासमा रहेका नेपालीहरूको हकहित, एकता र सहकार्यलाई प्राथमिकतामा राख्दै आगामी कार्यकाल अघि बढाउने अपेक्षा गरिएको छ।