काठमाडौं । वरिष्ठ जनगायक खुसिराम पाख्रिनको नवौँ स्मृति दिवस सम्पन्न भएको छ । शनिबार राजधानीको संवाद डबलीमा जनसांस्कृतिक महासङ्घले आयोजना गरेको कार्यक्रममा ‘पाख्रिन सिंगो संस्कृतिक आन्दोलनका शिखर व्यक्तित्व रहेको’ वक्ताहरुले बताएका छन् ।
कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीकी नेतृ तथा पूर्वमन्त्री सत्य पहाडीले जनगायक पाख्रिन नेपालको संस्कृतिक आन्दोनलको शिखर व्यक्तित्व रहेको बताईन् । “आदरणीय पाख्रिन दाईका कालजयी गीतहरुले आज पनि हरेक क्रान्तिकारीलाई भावुक र उद्देलित बनाउँ छ” पाहाडीले भनिन् ।
टुटफूट र विभाजन भएको कम्युनिस्ट आन्दोलनलाई पाख्रिनका संस्कृतिक योगदानहरुले एकता रुपान्तरण र संघर्षका लागि प्ररित गरिहेको पहाडीको कथन छ । “आजको समयमा विभाजित क्रान्तिकारी मनहरुलाई एक हुन बारबार आह्वान गरिरहेको छ” पहाडीले भनिन् ।
साहित्य, कला तथा संस्कृति विभाग प्रमुख गंगानारायण श्रेष्ठले नेपाली क्रान्ति तथा विशेष गरेर जनयुद्धमा गीत–संगीतका माध्यमबाट जनतालाई क्रान्तिमा लमबद्ध हुन पाख्रिनको ठूलो भूमिका रहेको विषयमा चर्चा गरे । जनगायक पाख्रिनका सांगीतिक तथा वैचारिक योगदानको स्मरण गर्दै उनका सिर्जना र विचारलाई नयाँ पुस्तासम्म पु¥याउनुपर्ने श्रेष्ठले धराणा राखे ।
जनसंस्कृतिक महासंघका इन्चार्ज चिरन पुनले पाख्रिन नेपाली संस्कृतिक आन्दोलनका एक प्रभावशाली सर्जक रहेको धारणा राखेका छन् । पाख्रिनका सिर्जना र सहकार्यका विभिन्न पक्षका साथै उनका सिर्जनाले राजनीति र सङ्गठनमा पारेको प्रभावबारे पुनले प्रष्ट पारे ।
भाषा आयोगका पूर्व अध्यक्ष तथा गीतकार, सर्जक डा.गोपाल ठाकुरले देशको परिवर्तनका लागि पख्रिन जस्ताः प्रखर जनवादी र प्रगतिशील कलाकारको आवाश्यकता रहेको धारणा राखे ।
भाषा आयोगका सदस्य तथा साहित्यकार मातृका पोखरेलले पश्चिमा संस्कार र सस्कृतिले नेपाली समाजमा प्रभाव बढाएको बेला पाख्रिनहरु जस्तैः सर्जकले केहि हदसम्म रोक्न मदत गरेको जिकिर गरे ।
जनसांस्कृतिक महासंघ नेपालका संयोजक भिम कुमाखीले जनवादी संस्कृतिक–साङ्गीतिक आन्दोनलको नेतृत्वदायी भूमिका पाख्रिनले खेलेको स्मरण गर्दै भने, “अबको समाजवादी–सांस्कृतिक साङ्गीतिक आन्दोलनका लागि सहि नेतृत्व विकास गर्न सक्नुपर्ने छ ।”
महासंघका सहसंयोजक तथा संगीतकार अष्ट लामाले पाख्रिनको जनवादी तथा प्रगतिशील गीतहरुले क्रान्तिकारीहरुलाई जनताप्रति प्रतिबद्ध हुन प्रेरित गर्ने गरेको धारणा राखे ।
वरिष्ठ जनवादी प्रगतिशील गायक, संगितकार तथा सर्जक मोहित श्रेष्ठले पाख्रिनको योगदान बारे प्रष्ट पारे ।
जनसंस्कृतिक महासंघ नेपाल कार्यालय सदस्य तथा प्रगतिशील गायिका कुश्मा महरा‘प्रगति’ले खुसिराम पाख्रिन जनवादी कलाकारलाई मात्रै नभएर सिंगो संस्कृतिक आन्दोलनका लागि प्रेरक व्यक्तित्व रहेको धारणा राखिन् ।
प्रगतिशील साहित्यकार तथा कवि मातृका पोखरेल, डा.केशव सिलवाल र राजाराम रावतले पाख्रिनको स्मृतिमा कविता वाचान गरेका थिए ।
प्रगतिशील कलाकारहरु मोहीत श्रेष्ठ, काशीराम बुढामगर ‘झन्कार’, प्रगति महरा, केशरी घर्ति, विहानी विक, केशर कालिकोटे, चन्दु गोरखाली, कुष्मिता दर्लामी, धनु ज्ञाङ्मी, दिपक राई, निर्मला घिसिङ, पूजा श्रेष्ठ, सुझाव ढकाललगायतले पाख्रिनका कालजयी गीतहरु प्रस्तुत गरेका थिए ।








