चितवन कार्तिक २५,
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष तिलक प्रसाद गैरेले नेपालीहरूको महान् पर्व भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।
उपाध्यक्ष गैरेले भाइटीका दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, सद्भाव र आत्मीयताको अनुपम प्रतीक भएको उल्लेख गर्दै यस पर्वले नेपाली समाजमा आपसी एकता र पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ।
विदेशमा रहेर पनि नेपाली कला, संस्कृति, परम्परा र मौलिक पहिचानलाई संरक्षण गर्दै आएका सम्पूर्ण नेपाली समुदायलाई शुभकामना व्यक्त गर्दै उहाँले आफ्नो संस्कार र संस्कृतिलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ।
भाइटीकाले संसारभर छरिएर रहेका नेपालीहरूबीच आपसी सद्भाव, भाइचारा र एकताको भावना थप मजबुत बनाओस् भन्दै उहाँले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ।
अन्त्यमा उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा भाइटीका एवं यमपञ्चकको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।









