दमौली : राष्ट्रिय शिक्षा दिवस २०८३ को अवसरमा व्यास नगरपालिकाद्वारा आयोजित पुरस्कार तथा सम्मान कार्यक्रममा शिव पाञ्चायन माध्यमिक विद्यालयका ६ जना शिक्षक सम्मानित भएका छन्। एसइई परीक्षामा विषयगत रूपमा उत्कृष्ट नतिजा हासिल गराउन योगदान पुर्‍याएको भन्दै विद्यालयका शिक्षकहरूलाई सम्मान गरिएको हो।

विद्यालयका अनुसार एसइईमा सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल हुने शिक्षकहरूलाई सम्मानित भएका हुन्। सम्मानित हुने शिक्षकहरूमा भरत काफ्ले (वातावरण विज्ञान), हेमलाल घिमिरे (सामाजिक अध्ययन), बलराम वाग्ले (लेखा), अमिर लामा (विज्ञान तथा प्रविधि), अनिता सुनार (नेपाली) र रिता थापा (अंग्रेजी) रहेका छन्।

विद्यालय परिवारले सम्मानित शिक्षकहरूलाई बधाई दिँदै उनीहरूको समर्पण, मेहनत र उत्कृष्ट योगदानको कदरस्वरूप सम्मानित गरिएको जनाएको छ। विद्यालयले आगामी दिनमा पनि शैक्षिक गुणस्तर र विद्यार्थीको उत्कृष्ट नतिजाका लागि शिक्षक, विद्यार्थी तथा अभिभावकबीचको सहकार्यलाई निरन्तरता दिने जनाएको छ। सम्मानित शिक्षकहरूलाई विद्यालयको तर्फबाट र विद्यालय व्यवस्थापन समितिकाे तर्फबाट अध्यक्ष तिल कुमार थापाले थप सफलताको शुभकामना व्यक्त गरे ।