तनहुँ ।

भानु–१२ स्थित सृजनशील कृषक समूहले आयोजना गर्न लागेको कृषि तथा पर्यटन महोत्सव २०८२ अब निर्धारित मितिमा नहुने भएको छ।

समितिका अनुसार, माघ १६ र १७ गते आयोजना हुने भनिएको महोत्सव फागुन २१ गते हुने आम निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले कुनै पनि मेला–महोत्सव सञ्चालन नगर्न निर्देशन दिएको छ।

यसको परिणामस्वरूप, महोत्सव समितिको निर्णयअनुसार फागुन २९ र ३० गते आयोजना गरिने भएको छ।

आयोजक परिवारले कार्यक्रम तोकिएको मितिमा हुन नसकेपछि सहभागी र सरोकारवालामा परेको असुविधाप्रति हार्दिक क्षमायाचना व्यक्त गरेको छ।