
भानु, तनहुँ । नेकपा (एमाले) भानु–७ नं. वडा कमिटीको आयोजनामा पार्टी जागरण सभा तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
पूर्व केन्द्रीय सदस्य एकबहादुर रानाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा पार्टीको संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन तथा समसामयिक राजनीतिक विषयमा छलफल तथा प्रशिक्षण गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागी नेताहरूले पार्टीका नीति, विचार र संगठनलाई थप प्रभावकारी बनाउँदै स्थानीय तहमा पार्टी गतिविधि विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।











