भानु ।
नयाँ वर्ष २०८३ को अवसरमा पर्यटकीय स्मार्ट भिलेज लमजुङको घलेगाउँमा आयोजना हुन लागेको नवौँ स्मार्ट भिलेज गोल्ड कप फुटबल प्रतियोगितामा फ्रेन्डसीप युवा क्लबले सहभागिता जनाउने भएको छ।
भानु नगरपालिका–३, खहरेस्थित उक्त क्लब सातौँ संस्करणको विजेता तथा गत वर्षको उपविजेता रहिसकेको छ। यस वर्ष पनि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित क्लब प्रतियोगिताको तयारीमा जुटेको जनाएको छ। प्रतियोगिताका लागि खेलाडी प्रशिक्षण, व्यवस्थापन तथा अन्य खर्च व्यवस्थापनमा आर्थिक चुनौती देखिएको भन्दै क्लबले देश तथा विदेशमा रहेका समर्थक, शुभेच्छुक तथा संघ–संस्थासँग आर्थिक सहयोगको अपिल गरेको छ।
क्लबका सचिव अमृत कुमार श्रेष्ठका अनुसार सहयोग संकलनलाई सहज बनाउन कोषाध्यक्ष जितेन्द्र श्रेष्ठ को Global IME Bank खातामा जोडिएको QR कोड सार्वजनिक गरिएको छ।
क्लबका अध्यक्ष हाल वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेकाले क्लबको नेतृत्व उपाध्यक्ष मनोज आले मगर ले सम्हालिरहेका छन्। उपाध्यक्ष आलेका अनुसार टोली व्यवस्थापनका लागि दुई सदस्यलाई क्रमशः कोच र म्यानेजरको जिम्मेवारी दिइएको छ र प्रशिक्षण कार्य तीव्र पारिएको छ। क्लबले यसपटक पनि उपाधि जित्ने लक्ष्यका साथ तयारीलाई तीव्रता दिएको जनाएको छ।












