काठमाडौं ।
एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आफ्नो आठौं स्थापना दिवस तथा अभिभावक दिवसको अवसरमा अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागी टोलीलाई सम्मान गरेको छ। कार्यक्रममा विशेषगरी यू–१६ टोलीका प्रतिभाशाली खेलाडीहरूलाई सम्मान गरिएको थियो।
एन्जल्स हार्ट नेसनल स्कुल र एन्जल्स किड्स मोन्टेश्वरी द्वारा आयोजित कार्यक्रममा कृष्णहरि महर्जन ले अष्ट्रेलियाको गोलकोष्ट मा सम्पन्न अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागी टोलीलाई सम्मान गरेका हुन्।
प्रतियोगितामा सम्पूर्ण थापा, अन्जल ढकाल, दिपेश जुग्जाली पुन, रितिक रिजाल र सौगात थापा क्षेत्रीले यू–१६ उमेरसमूहमा प्रतिस्पर्धा गरेका थिए। टोलीका अफिसियल दिलबहादुर बुढाथोकी र सुमन तिमल्सिना पनि सम्मानित भए।
विशेषगरी तनहुँ जिल्लाको भानु नगरपालिका मा जन्मिएका सौगात थापा क्षेत्री सानै उमेरदेखि फुटबलप्रति आकर्षित हुँदै निरन्तर प्रतियोगितामा सहभागी हुँदै आएका छन्।
अनुशासन, मेहनत र खेलप्रतिको समर्पणका कारण उनी भविष्यका सम्भावनाशील खेलाडीका रूपमा हेरिएका छन्। उचित प्रशिक्षण र अवसर पाएमा उनले राष्ट्रिय टोलीसम्म पुग्ने क्षमता राख्ने खेलाडीका रूपमा पहिचान बनाउन सक्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा विद्यालयका अध्यक्ष लिलबहादुर पुन, प्रधानाध्यापक टकबहादुर थापा तथा काठमाडौं प्याब्सन का उपाध्यक्ष धनबहादुर पुनलगायतको उपस्थिति रहेको थियो।









