दमौली ।
तनहुँ–२ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार शंकर भण्डारीले १७ फागुन २०८२ मा मतदाता भेटघाट कार्यक्रम गर्ने भएका छन्। नेपाली कांग्रेस तनहुँ–२ को आयोजनामा शुक्लागण्डकी नगरपालिकाका विभिन्न वडामा दिनभरि भेटघाट कार्यक्रम तय गरिएको हो। बिहान ८ बजेदेखि १० बजेसम्म वडा नं. ८ र १० मा कार्यक्रम रहने जनाइएको छ।
त्यसैगरी बिहान १०:१५ बजेदेखि १२ बजेसम्म वडा नं. ९ र १२ मा भेटघाट हुनेछ।दिउँसो १ बजेदेखि लिलाचोक, आमडाँडा, रातामाटा र धामिकुण्ड क्षेत्रमा कार्यक्रम राखिएको छ। १:३० बजे स्थानीयसँग खाजा सहितको अन्तरक्रिया कार्यक्रम हुनेछ भने २:३० बजे एरियोटोलमा भेटघाट तय गरिएको छ।
त्यसैगरी ३:३० बजे जसपुर मूलाबारी, ४:३० बजे लामागाउँ, ५:३० बजे बाभियाडाँडा/घरडी र ६:३० बजे गहते, मगरगाउँ हुँदै वडा नं. १० का कोल्मफे, रजस्थल, बाडराङ र छब्बी क्षेत्रमा कार्यक्रम सम्पन्न गरिनेछ। उम्मेदवार भण्डारीले घरदैलो तथा प्रत्यक्ष भेटघाटमार्फत मतदातासँग छलफल गर्दै आफ्ना एजेन्डा प्रस्तुत गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस तनहुँ–२ ले जनाएको छ।









