दमौली ।
पूर्व परराष्ट्रमन्त्री तथा विकास विज्ञ डाक्टर बिमला राई पौडेल आज दमौली आउँदै हुनुहुन्छ। प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर १ तनहुँका उम्मेदवार भगवती न्यौपानेलाई विजयी बनाउन आयोजना गरिएको विशाल महिला र्यालीपछि हुने सभालाई उहाँले विशेष सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ।
आयोजकका अनुसार महिला सशक्तिकरण, समावेशी विकास, सुशासन र राष्ट्रहितका विषयमा केन्द्रित रहँदै डा. पौडेलले आफ्ना विचार राख्नुहुनेछ। उहाँको स्पष्ट विकास दृष्टिकोण र अनुभवले तनहुँका आम दिदीबहिनीहरूमा नयाँ ऊर्जा र उत्साह थप्ने विश्वास लिइएको छ।
महिला नेतृत्वको सुदृढीकरण र स्थानीय तहदेखि संघीय संरचनासम्म प्रभावकारी सहभागिताका विषयमा समेत उहाँले धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। कार्यक्रमलाई तनहुँको राजनीतिक तथा सामाजिक वृत्तमा चासोका साथ हेरिएको छ।









