भानु, तनहुँ — आगामी निर्वाचनको तयारी तथा मतदाता भेटघाटलाई तीव्र बनाउँदै तनहुँ क्षेत्र नम्बर–१ का उम्मेदवार अभिषेक जोशी आज भानु नगरपालिकाका विभिन्न वडामा पुग्ने भएका छन्।
उम्मेदवार जोशीको सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आजको कार्यक्रम दिउँसो १ बजेदेखि सुरु भई साँझसम्म सञ्चालन हुनेछ।
कार्यतालिका अनुसार दिउँसो १:०० देखि १:३० बजेसम्म भानु नगरपालिका–२ को नारेस्वटारमा स्थानीय मतदाताहरूसँग भेटघाट तथा छलफल हुनेछ। त्यसैगरी दिउँसो १:४५ देखि २:१५ बजेसम्म भानु–५ को सेपाबगैचामा चुनावी अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ।
दिउँसो २:४० देखि ३:०० बजेसम्म भानु–६ स्थित नगर कमिटी उपाध्यक्ष सुमन परियारको निवासमा आयोजना गरिएको श्रद्धाञ्जली कार्यक्रममा जोशी सहभागी हुने कार्यक्रम रहेको छ। त्यसपछि दिउँसो ३:४० बजे भानु–१ को भन्सारमा सम्पर्क कार्यालय उद्घाटन गर्ने कार्यतालिका रहेको सचिवालयले जनाएको छ।
सम्पर्क कार्यालय उद्घाटन पश्चात् उम्मेदवार जोशीले स्थानीय कार्यकर्ता तथा शुभेच्छुकहरूलाई सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ। निर्वाचन नजिकिँदै गर्दा जोशीले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो अभियान र संगठन विस्तारलाई तीव्र बनाएका छन्।











