तनहुँ निर्वाचन क्षेत्र नम्बर–१ बाट नेकपा एमालेकी प्रतिनिधिसभा सदस्य उम्मेदवार भगवती न्यौपानेले वर्षा भइरहेको प्रतिकूल मौसमका बाबजुद पनि दिदीबहिनीहरूको सक्रिय सहभागिता र साथले आफू थप उत्साहित बनेको बताएकी छन् ।
घरदैलो तथा चुनावी भेटघाटका क्रममा पानी परिरहे पनि दिदीबहिनीहरू अभियानमा जुटिरहनु प्रेरणाको ठूलो स्रोत बनेको उल्लेख गर्दै उम्मेदवार न्यौपानेले सहभागिताप्रति आभार व्यक्त गरिन् ।
आज पानी परिरहेको छ, तर पनि दिदीबहिनीहरू प्रेरणाको स्रोत बनेर निरन्तर जुटिरहनुभएको छ। धेरै धेरै आभारी छु, न्याैपानेले भनिन् ।
उनका अनुसार महिला सहभागिताले चुनावी अभियानलाई थप ऊर्जा र आत्मबल प्रदान गरेको छ। स्थानीय दिदीबहिनीहरूको सक्रियताले सकारात्मक सन्देश प्रवाह भएको भन्दै न्यौपानेले आगामी दिनमा जनताको भरोसामा खरो उत्रिने प्रतिबद्धता समेत व्यक्त गरेकी छन् ।
वर्षात्को कठिन परिस्थितिमा पनि देखिएको जनसहभागिताले तनहुँ–१ मा नेकपा एमालेको चुनावी माहोल थप उत्साहजनक बन्दै गएको स्थानीयहरूको भनाइ छ।











