तनहुँ — भानु नगरपालिका वडा नं. ७, चन्दनीमा अवस्थित चण्डिका बालगृहमा आश्रय लिइरहेका बालबालिकाहरूका लागि सहयोग प्राप्त भएको छ।

भानु नगरपालिका वडा नं. २ स्थायी घर भई हाल अमेरिकामा रहेका  डा. सन्तोष थापाद्वारा करिब १५ हजार रुपैयाँ बराबरका जुत्ता तथा मोजा सहयोग प्रदान गरिएको हो।

साथै उनका पिता, पूर्व शिक्षक तथा सामाजिक व्यक्तित्व मेघबहादुर थापाद्वारा बालगृहलाई एक मुरी चामल सहयोग प्रदान गर्नुका साथै प्रत्येक वर्ष नियमित रूपमा एक मुरी चामल सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । आवश्यकताअनुसार अन्य समयमा समेत थप सहयोग गर्ने उहाँले बताए ।

उक्त सहयोग कार्यक्रम भानु नगर प्रमुख आनन्दराज त्रिपाठीको समन्वयमा सम्पन्न भएको हो। सो अवसरमा नगर प्रमुख त्रिपाठीले चण्डिका बालगृहको जग्गा दर्ता गर्ने प्रक्रिया पनि अगाडि बढाइने जानकारी दिए।

यसअघि केही दिनअघि मात्र पूर्व शिक्षक मेघबहादुर थापाकै अगुवाइमा क्षेत्री समाज भानु–२, गोठेरीद्वारा बालबालिकाहरूका लागि करिब ३० हजार रुपैयाँ बराबरका लत्ताकपडा तथा स्टेशनरी सामग्री वितरण गरिएको थियो। हाल चण्डिका बालगृहलाई विभिन्न माध्यमबाट निरन्तर सहयोग प्राप्त भइरहेको छ।

 

तस्वीर -डिपि अधिकारी ।