भानु । तनहुँ निर्वाचन क्षेत्र नम्बर–१ मा आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। यसैक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार विधानाथ ढकालप्रति स्थानीयस्तरबाट समर्थन बढ्दै गएको देखिएको छ।

स्थानीय कविता एल. घिमिरेले सामाजिक सञ्जालमार्फत ढकाललाई समर्थन जनाउँदै उनलाई तनहुँको समृद्ध भविष्यका लागि उपयुक्त उम्मेदवार भएको बताएकी छन्। अनुभव, इमानदारी र विकासप्रतिको स्पष्ट दृष्टिकोण भएका उम्मेदवारलाई विजयी गराउनुपर्ने धारणा उनले सार्वजनिक गरेकी हुन्।

घिमिरेले आगामी निर्वाचनमा तारा चुनाव चिन्हमा मतदान गरी ढकाललाई विजयी गराउन मतदातासमक्ष आग्रह गरेकी छन्। ढकालको विजयले तनहुँको आवाज संसदमा प्रभावकारी रूपमा पुग्ने विश्वाससमेत उनले व्यक्त गरेकी छन्।

लामो समयदेखि सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका ढकाललाई विभिन्न वर्ग र समुदायबाट समर्थन प्राप्त हुँदै गएको बताइएको छ। निर्वाचन मिति नजिकिँदै जाँदा तनहुँ–१ मा चुनावी सरगर्मी थप बढ्दै गएको छ।