तनहुँ ।
नेकपा (एमाले) भानु नगर कमिटीमा आज मनोज कुमार श्रेष्ठ औपचारिक रूपमा प्रवेश गरेका छन्। पार्टी प्रवेशसँगै श्रेष्ठले स्थानीय राजनीति र संगठन सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्ने लक्ष्य राखेका छन्।
सामाजिक मुद्दा र राष्ट्रिय चिन्तनमा आफ्नो स्पष्ट धारणा प्रस्तुत गर्दै आएका श्रेष्ठले पार्टीको नीति, कार्यक्रम र संगठनात्मक गतिविधिमा प्रभावकारी योगदान दिने विश्वास व्यक्त गरिएको छ। नेता तथा कार्यकर्ताहरूले उनकाे प्रवेशलाई पार्टीको स्थानीय संगठन र राजनीतिक ऊर्जा बढाउने महत्वपूर्ण कदमको रूपमा स्वागत गरेका छन्।
श्रेष्ठले आफ्नो पत्रकारिता र वैचारिक क्षमतामार्फत पार्टी र समुदायबीचको सम्पर्क सुदृढ गर्दै नीति तथा कार्यक्रमलाई जनस्तरसम्म प्रभावकारी रूपमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। संकटपूर्ण समयमा पार्टीलाई सशक्त बनाउने दिशामा उनको योगदान निर्णायक हुने अपेक्षा गरिएको छ।
पार्टी प्रवेशको अवसरमा एमाले तनहुँ क्षेत्र नं. १ की उम्मेदवार भगवती न्यौपानेले पनि श्रेष्ठलाई स्वागत गर्दै व्यक्तिगत सन्देश दिएकी छन्। उनले भनिन् कि श्रेष्ठ भानु नगर निवासी, सामाजिक अभियान्ता, सत्यको पक्षमा निरन्तर लड्ने, र आफूलाई माया गर्ने भाइ हुन्।
यससँगै, भानु नगर कमिटीमा मनोज कुमार श्रेष्ठको प्रवेशले स्थानीय राजनीतिक गतिविधि र संगठनमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरिएको छ।










