भानु – प्रहरी र नागरिकबीच सुमधुर सम्बन्ध स्थापना गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय तनहुँको आयोजनामा मिति २०८२/१०/०७ गते भानु नगरपालिकाको सभाहल फुस्रेटारमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सहभागी नागरिकहरूले सवारी नियम उल्लङ्घन, दुर्घटनाको जोखिम, भाडा अनुगमन तथा चोरी, डकैती, जुवातास र लागुऔषध दुर्व्यसन बढ्दै गएको विषयमा चिन्ता व्यक्त गरेका थिए। कार्यक्रममा प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकले सुशासन, पारदर्शिता र जवाफदेहिता अभिवृद्धिमा नागरिक सुनुवाइ महत्वपूर्ण हुने बताउनुभयो।
कार्यक्रममा भानु नगरपालिकाकी उप–प्रमुख उमा गोतामे लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।











