तनहुँ  ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–१ मा फागुन २१ गते हुने निर्वाचनलाई लिएर राजनीतिक चहलपहल तीव्र बन्दै गएको छ ।

यस क्षेत्रका मतदाताहरू विगतका अनुभव र आगामी अपेक्षाबारे गम्भीर छलफलमा जुटिरहेका छन् । यसैक्रममा बुधबार बिहान छाव्दी दर्शनका लागि पसगेका नेपाली कांग्रेसका नेता गोविन्द भट्टराई छाव्दीवासीको विशेष जमघटको केन्द्र बनेको थियो ।

व्यक्तिगत रूपमा दर्शनका लागि पुुगेका भट्टराईलाई स्थानीयले घेराबन्दी गर्दै यसपटक न्याय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्थानीय मतदाताहरूले विगतका कमजोरी नदोहोर्याउने विश्वास दिलाउँदै ढुक्क हुनुस्, यस पटक न्याय गर्छौं’ भन्दै समर्थन जनाएका थिए ।

भेटका क्रममा भट्टराईलाई फुलमालाले स्वागत समेत गरिएको थियो , उपनिर्वाचन नजिकिँदै जाँदा क्षेत्रका मतदातामा उम्मेदवारको व्यवहार, विगतको भूमिकासहित विकास र प्रतिनिधित्वको विषयलाई लिएर चासो बढ्दै गएको देखिन्छ । छाब्दीमा देखिएको यो दृश्यले चुनावी सरगर्मी थप बढाएको संकेत गरेको छ ।