चितवन — दासढुङ्गा पुलबाट हाम फालेकी एक महिलाको ट्राफिक प्रहरीले समयमै उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएको छ।

जुगेडीमा कार्यरत ट्राफिक प्रहरी सहायक हवल्दार जिबराज भट्टराई र खडक ब. बिष्टले पुलबाट नदीमा हाम फालेकी महिलालाई उद्धार गरी भरतपुरस्थित अस्पताल पुर्‍याएका हुन्।

प्रहरीको त्वरित सक्रियता, साहस र मानवीय संवेदनशीलताका कारण महिलाको ज्यान जोगिएको प्रहरीले जनाएको छ। हाल महिलाको अवस्था सामान्य हुँदै गएको बताइएको छ।