Responsive Ad Slot

हाम्रो बारेमा

हाम्रो बारेमा ::
आधुनिक समयमा सूचना र सञ्चार मानवजीवनका लागि अपरिहार्य भइसकेको यहाँहरूलाई अवगत नै छ । विश्वको कुना–काप्चामा छरिएर रहेका सम्पूर्ण मानव समुदायलाई सञ्चारको आवश्यकता दिनानुदिन बढ्दै गइरहेको यथार्थ छर्लंगै छ । अबको युगमा मानिस सूचना र प्रविधिभन्दा टाढा रहेर सहज जीवन बाँच्ने कल्पनसम्म पनि गर्न सकिँदैन । अहिलेको समयमा सूचना प्रविधिविनाको मानिस कल्पनै गर्न सकिँदैन । यसैलाई मध्यनजर गर्दै हामीले भानु सन्देश डटकम सञ्चालन गर्ने जमर्को गरेका छौँ ।

स्वच्छ, निष्पक्ष, ताजा समाचार, मनोरञ्जन, साहित्य, खेलजगत्, अर्थ अनि जीवन र जगतका विभिन्न पाटा उजागर गर्ने खालका समाचार र लेखका साथै राजनीतिक, आर्थिक, सामाजिक, संस्कृतिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारहरू संसारभरि छरिएर रहेका नेपालीमाझ पुर्याथउने हेतुले नेभानु सन्देश डटकमको स्थापना भएको हो । हामी यो आभास गराउन चाहन्छौँ कि सूचना र सञ्चारको दुनियाँमा यो मात्र हाम्रो एउटा कोसिस हो । हामीलाई पूर्ण आशा र विश्वास छ कि तपाईंहरूको माया, सद्भाव र सहयोगले हामी यो सञ्चारको दुनियाँमा दिन प्रतिदिन अघि बढ्नेछौँ तथा लक्ष्य भेट गर्नेछौँ । साथै हामी यो प्रतिबद्धता पनि व्यक्त गर्दछौँ कि हामी हाम्रा समस्त पाठकको सुझाब, सल्लाह र प्रतिक्रियाअनुरूप दिनानुदिन अघि बढ्ने प्रयास गर्नेछौँ ।

हामीले यस अनलाइनलाई भानुबाट सञ्चालन गरेका हौँ यद्यपि भानुबाट सञ्चालन गरे पनि सकेसम्म विश्वभर छरिएका नेपाली समुदायलाई र विश्वका ताजा गतिविधिसँगै विविध विधा समेट्ने प्रयास हामीले गरेका छौँ । यो वास्तवमा भानुको मात्र खबर नभएर सम्पूर्ण देश अनि विश्वकै खबरको संगालो हो भन्न चाहन्छौँ र बनाउन चाहन्छौँ । विश्वव्यापी सूचना र सञ्चारको युगमा यो हाम्रो एउटा सामान्य प्रयास मात्र हो । हाम्रो प्रयासमा यहाँहरूको सद्भाव अनि सहयोगको अपेक्षा गर्दर्छौं । हामीलाई तपाईंले लेख, रचनाहरू, समाचार तथा सल्लाह, सुझाबका लागि निम्न ठेगानामा इमेल गरी सम्पर्क गर्नसक्नुहुन्छ । कृपया हामीलाई पठाउने लेख, रचना सकभर अरू सञ्चारमाध्यममा प्रकाशन नभएका हुनुपर्छ । जसलाई हामी सहर्ष स्वीकार गर्नेछौँ । धन्यवाद !

{You can send news, photos, information and suggestions at bholathapa7@gmail.com}
 ----हामीलाइ समाचार, फोटो पठाउन चाहनुहुन्छ भने वा कार्यक्रम अथवा कुनै घटना सम्बन्धि जानकारी गराउन चाहनुहुन्छ भने वा सल्लाह सुझाव दिन चाहनुहुन्छ भने bholathapa7@gmail.com मा इमेल पनि गर्न सक्नुहुनेछ । 


Don't Miss
© all rights reserved
made with by netKUTI