Responsive Ad Slot

latest

भन्सारमा खुल्ला तीज गीत प्रतियोगिता हुने

Saturday, August 3

/ by Admin BHOLA THAPA


भानु सन्देश–  तनहुँको भानु नगरपालिका १ भन्सारमा खुल्ला तीज गीत प्रतियोगिता हुने भएको छ ।

  प्रतियोगिता बारे गत विहिबार पत्रकार सम्मेलनको आयोजना गरी खुल्ला तीज गीत तथा नृत्य प्रतियोगिता हुन लागेको जानकारी दिईएको छ ।


 भानु नगर उद्योग वाणिज्य संघ , महिला उद्यमी विकास समितिको आयोजनामा नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवशरमा आगामी भाद्र १५ गते शनिबारका दिन भानु –१ भन्सारको ग्रीनपार्कमा प्रतियोगिता हुन लागेको हो । 

संघका महासचिव कृष्णचन्र्द कोईरालाले जनाकारी दिए अनुसार टिम दर्ता भने निशुल्क रहेको र प्रतियोगितामा प्रथम हुने समूहले ३५ हजार र प्रमाण–पत्र, द्धितिय हुने समूहले २५ हजार र प्रमाण–पत्र, तृतिय हुने समूहले १५ हजार र प्रमाण–पत्र, सान्त्वना हुने दुई समूहले ५ र ५ हजार र प्रमाण–पत्र,  त्यसैगरी उत्कृष्ट नृत्यलाई ५ हजार प्रमाण–पत्र र प्रतियोगितामा सहभागी प्रत्येक समूहलाई  १ र १ हजार प्राप्त गर्ने छन् । 

गाउँघरमा भएका प्रतिभाहरुलाई प्रस्फुटन गराउँदै मौलिक कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको भानु नगर उद्योग वाणिज्य संघले बताएको छ । 

समितिले कार्यक्रममा विभिन्न संघसंस्था नगरपालिकाका १३ वटै वडासंग समन्वय र सहकार्य गर्ने लक्ष्य लिएको छ । 


Next Story Older Post Home
Don't Miss
© all rights reserved
made with by netKUTI