Responsive Ad Slot

latest

१७ औं भानु कप फूटबल प्रतियोगिता आजबाट सुरू हुदै

Saturday, August 3

/ by Admin BHOLA THAPA

-उद्घाटन खेल साबिक विजेता सेभेन स्टार युवा क्लब भानु १ साजबोटे र योङ्ग ब्वाईज एफसी चितवन बीच खेल हुने । 

भानु सन्देश ।

भंसार । तनहुँ जिल्लाको सर्बाधिक पुरस्कार राशीको १७ औं भानु कप फूटबल प्रतियोगिता आजबाट सुरू हुँदैछ । 

भन्सार युवा परिवार,सालबिस्ने र भिमसेन युवा क्लबको संयुक्त आयोजनामा फुटबल प्रतियोगिता हुन लागेको उक्त खेलको तयारी सबै पुरा भएको संयोजक बिष्णु अधिकारीका बताए । 



हिजो खेलको तयारी बारे जानकारी लिन


भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले खेल मैदानको निरीक्षण समेत गरेका थिए,सो अवशरमा उनले भानुभक्त आचार्यको जन्मस्थल  भानु नगरपालिकामा खेलको आयोजना गरिएको हुँदा नगरपालिकाकै गौरबको विषय भएको र नगरपालिकाको प्रतिष्ठा समेत जोडिएकाले सवैले आ आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्दै खेलाडि, दर्शक र पाहुनाहरुलाई सहज रुपमा खेल हेर्न ब्यवस्था गर्नका लागि आयोजकलाई निर्देशन दिएका थिए ।


     भानु नगरपालिका १ भन्सार स्थित खेलमैदानमा प्रतियोगिता आजदेखी सुरू हुने खेलको गण्डकी प्रदेशका जलश्रोत तथा सिँचाई मन्त्री फडिन्द्र देवकोटाले दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रचार प्रसार समितिका संयोजक सुभास सापकोटाले जानकारी दिए।

  उद्घाटन खेल साबिक विजेता सेभेन स्टार युवा क्लब भानु १ साजबोटे र योङ्ग ब्वाईज एफसी चितवन बीच खेल हुने आयोजकले जनाएको छ।

  


 नाईन ए साईडको फूटबल प्रतियोगिता १९ साउनदेखी सुरु भै २६ गते समापन हुने छ । भानुलाई रास्टिय रुपमा चिनाउने उदेश्यले प्रतियोगिता गरिएको खेल भानुकप २०५९ साल देखि शुरु भएको भएपनि कोभिडका कारण केही समय रोकिएता पनि  अहिले अवस्था सहज भएपछि प्रतियोगितालाई निरन्तरता दिइएको भन्सार युवा क्लबका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले बताए ।

  खुल्ला नकआउट फुटबल प्रतियोगिता भएकाले विभिन्न ठाउँबाट २४ वटा टिमबाट खेलाडीले सहभागिता जनाउने खेलाडीलाई आकर्षण गर्न प्रत्येक बर्ष पुरस्कारको राशी पनि वृद्धि गराउदै गैरहेको आर्थिक संयोजक सोम तामाङले बताए।       


जसमा प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ५० हजार २११ रुपैयाँ नगद सहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै दित्तिय हुनेले एक लाख २५ हजर २११ रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । सेमीफाईनलमा पुग्ने २ टिमलाइ २५ हजार २ सय ११ र प्रमाणपत्र , उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार २११ ट्रफी,मेडल, प्रमाणपत्र , उत्कृष्ट गोल रक्षकलाई नगद रु ५ हजार २ सय ११ ट्रफी,मेडल,प्रमाणपत्र , सर्बाधिक गोलकर्तालाई नगद ५ हजार २ सय ११ र ट्रफी,मेडल,प्रमाणपत्र प्रदान गरिने प्रचार प्रसार समितिका राजेश कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार अनुशासित टिमलाई उचित पुरस्कार साथै प्रत्येक खेलमा म्यान अफ दि म्याचको घोषणा गरिने छ । प्रतियोगितामा २४ टिमको सहभागिता रहेको छ ।

   त्यसैगरी छेलो तर्फ प्रथम पुरस्कार ६ हजार २ सय ११ र प्रमाणपत्र र बाघचाल तर्फ प्रथम पुरस्कार ६ हजार २ सय ११ , प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

-डिपि अधिकारी को सहयोगमा 

Don't Miss
© all rights reserved
made with by netKUTI