Responsive Ad Slot

latest

खरखरे भीरमा पहिरो :डुम्रे - बेँसीसहर - चामे सडक अवरुद्ध

Sunday, July 28

/ by Admin BHOLA THAPA

तनहुँ । पहिरोले डुम्रे - बेँसीसहर - चामे सडक अवरुद्ध भएको छ । गएरातिदेखि परेको अविरल वर्षासँगै सडकका विभिन्न ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँका अनुसार तनहुँतर्फ बेँसीसहर नगरपालिका -१, दलाल र मनाङतर्फ सोही पालिका -६, खरखरे भीरमा पहिरो खसेकाले सडक अवरुद्ध भएको छ । खरखरे भीरमा ठूला - ढुङ्गासहितको पहिरो खसेको छ । 


उक्त सडकका विभिन्न भागमा पहिरो खस्ने क्रम रोकिएको छैन ।सडक अवरुद्ध हुँदा बेँसीसहरदेखि मनाङ जाने तथा तनहुँ हुँदै काठमाडौं, पोखरा, चितवनलगायत विभिन्न स्थान प्रस्थान गर्ने तथा उक्त स्थानबाट बेँसीसहर आवातजावत गर्ने सवारीसाधन अलपत्र परेका छन् ।



Don't Miss
© all rights reserved
made with by netKUTI