Responsive Ad Slot

latest

गण्डकीमा आजदेखी सार्वजनिक यातायात बन्द

Sunday, July 28

/ by Admin BHOLA THAPA
पोखरा । गण्डकी प्रदेशमा आइतबारदेखि सार्वजनिक यातायातका सवारी सञ्चालन रोकिने भएको छ । 
राइड एण्ड सेयरिङलाई वैधानिकता दिने गण्डकी प्रदेश सरकारको कदमविरुद्ध व्यवसायीले आफ्ना सवारी थन्क्याएरै आन्दोलमा होमिएका हुन् ।




 सार्वजनिक यातायात केन्दीय महासंघ र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशले शनिबार विज्ञप्ति जारी गरी आइतबारदेखि गण्डकीमा सार्वजनिक यातायात सञ्चालन बन्द गर्ने जानकारी दिएको हो ।

 व्यवसायीले आन्दोलनअन्तर्गत गत बिहीबार पोखराको सरकारी कार्यालय क्षेत्रमा करिब १ घण्टा आआफ्नो सवारी साधन सडकमा राखेर र्यालीसहित गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा ज्ञापनपत्र बुझाएका थिए ।
Don't Miss
© all rights reserved
made with by netKUTI