Responsive Ad Slot

latest

रेशम सापकोटाको शब्द तथा संगीत रहेको ‘ दुर्घटना ’ बोलको तीज गीत सार्वजनिक ( भिडियो सहित )

Sunday, July 28

/ by Admin BHOLA THAPA

निराज रानाभाट, 


काठमाडौं । रेशम सापकोटाको शब्द तथा संगीत रहेको ‘ दुर्घटना ’ बोलको तीज गीत शनिबार सार्वजनिक भएको छ । उक्त गीतमा जुना श्रीसको आवाज रहेको छ । उक्त गीतको भिडियो निर्देशन स्वयम् रेशम सापकोटाले नै गरेका छन्, भने हरि ढकालले भिडियोको छायांकन गरेका हुन् । यस्तै, ओजोन स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्ज तथा रेकर्डिष्टमा राजु सुनाम रहेका छन् ।


उक्त गीतको सम्पादन रोशन धितालले गरेका छन्, भने गीतको निर्मात्रीमा मीरा सापकोटा रहेकी छिन् । त्यसैगरी, गीतको उत्पादक / वितरक साथै दृश्य निर्माण तरेली संगीत कुञ्ज प्रा.लि. ले गरेको छ । गीतको मिक्स / मास्टरमा बिनोद परियार रहेका छन् , भने राजन पौडेल व्यवस्थापन / श्रृगारमा रहेका छन् । उक्त गीतको भिडियो तरेली संगीत कुञ्ज युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।


भिडियो ; 

Don't Miss
© all rights reserved
made with by netKUTI