Responsive Ad Slot

latest

बन्दीपुर गाउँपालिकाद्दारा डुम्रे बजारमा अनुगमन

Sunday, July 28

/ by Admin BHOLA THAPA

भानु सन्देश,

 डुम्रे । तनहुँको बन्दीपुर गाउँपालिकाले डुम्रे बजारमा अनुगमन गरेको छ ।

 गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाको नेतृत्वमा गरिएको अनुगमनमा बजारबासीले निर्माणाधिन सडकको मापदण्ड पालना गरे / नगरेको समेत अनुगमन गरिएको थियो ।

 अध्यक्ष थापाले एक विज्ञप्ति जारी गर्दै मापदण्ड भित्र कुनै संरचना नबनाउन र बनाएको भए तत्काल हटाउन आग्रह गर्दै अटेर गरेको पाईएमा स्थानीय तहबाट प्रदान गरिने सबै किसिमको सेवा प्रदान नगरिने चेतावनी समेत दिएका छन् ।

 यस्तै, बन्दीपुर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष एवं गाउँपालिका प्रवक्ता शिव कुमार श्रेष्ठले बजारको सडक निर्माण छिट्टै सक्न र बजारको सौन्दर्यता बढाउनको लागि सहयोग गर्न सबै बजारबासीसँग आग्रह गरेका छन्  । 



त्यस्तैगरी, आर्थिक वर्षको शुरुको अनुगमनका क्रममा विशेषगरी सडक मापदण्ड र वर्कशपहरुको अनुगमन गरिएको पालिकाका राजश्व शाखाका प्रमुख दिनेश पौडेलले बताए । 

अनुगमनका क्रममा कतिपयको दर्ता नगरिएको, नविकरण नभएको, अव्यवस्थित भएको, मूल्य - सूचि नराखिएको, सरसफाइको कमी, आदि जस्ता समस्या देखिएकाले दर्ता गरेर मात्रै व्यवशाय सञ्चालन गर्न, प्रत्येक वर्ष नविकरण गर्न,  मूल्य सूचि राख्न, सरसफाइमा ध्यान दिन आग्रह गरिएको पालिकाले जनाएको छ । 

अनुगमनमा जनप्रतिनिधिहरु, डुम्रे प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक शिव थापा,  सुरक्षाकर्मी, पालिकाका कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।

Don't Miss
© all rights reserved
made with by netKUTI