Responsive Ad Slot

latest

मृगौला पिडित भानुका किशोरद्वारा सहयोगको अपिल

Friday, July 26

/ by Admin BHOLA THAPA

भानु खबर ।

तनहुँ । गण्डकी प्रदेश मा पर्ने तनहुँको भानु नगरपालिका -१, भन्सार निवासी ४० वर्षीय किशोर बहादुर पण्डित क्षेत्रीलाई विगत ३ वर्षदेखि मृगौलामा समस्या देखिएपछि डायलाइसिस गर्नुपर्ने भएको छ ।

 अहिले उनी भक्तपुरको दुधपाटीस्थित शहीद भक्तधर्म राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत रहेका छन् । घर परिवारमा आर्थिक अवस्था एकदमै नाजुक भएका हँदा उपचार गर्नको लागि क्षेत्रीले देश तथा विदेश बसोबास गर्ने नेपाली बुबाआमा, दाजुभाइ र दिदीबहिनीहरुलाई आर्थिक सहयोगको लागि अपिल छन् । 


औषधोपचार गर्दा खेरि सम्पूर्ण सम्पत्ति सकिएको, तर अहिलेसम्म निर्मुल भएको छैन । क्षेत्रीको ११ वर्षीया छोरी, २ वर्षीय छोरा र श्रीमती छन् । पत्रकार रहेका सामाजिक अभियन्ता निराज रानाभाटले क्षेत्रीलाई आर्थिक सहयोग जुटाउनको लागि किशोर बहादुर पण्डित क्षेत्री सहयोगार्थ अभियान शुरु गरेका छन् । 


यदि सहयोगार्थ अभियानमा जोडिएर आर्थिक सहयोग चाहनु हुन्छ भने तपसिलको विवरण रहेको बैंक खाता नम्बरमा रकम जम्मा गरेर सहयोग गरिदिन सामाजिक अभियन्ता रानाभाटले हार्दिक अपिल गरेका छन् ।  

तपसिल ;

नाम : Kumari Maya Pandit Chhetri 

Account Number : 155020711500013

Bank : NMB Bank Limited 

Branch : Dumre, Tanahu


नाम : Kishor Bahadur Pandit Chhetri 

Account Number : 9107010005483

Bank : Global IME Bank Limited 

Branch : Sukedhara, Kathmandu 


थप जानकारीको निम्ति तपसिलको सम्पर्क नम्बर :

निराज रानाभाट ( सामाजिक अभियन्ता ) : 9845422502 वा 9809189111 ( WhatsApp / Viber ) 


बैंक खाता नम्बरमा रकम जम्मा गरेरपछि किशोर बहादुर पण्डित क्षेत्री सहयोगार्थ अभियान को फेसबुक पेजमा वा 9809189111 ( WhatsApp / Viber ) मा म्यासेजमार्फत स्क्रिनसट ( Screenshot ) गरेर रकम जम्मा गरेको स्लिप ( Slip ) पठाउनु समेत सामाजिक अभियन्ता रानाभाटले आग्रह गरेका छन् । रकम जम्मा गरेको स्क्रिनसट प्राप्त भएपछि सहयोगार्थ अभियानको फेसबुक पेजमा सहयोगी महानुभावहरुको नाम थर, ठेगाना र फोटो सहित पोष्ट गरिने रानाभाटले बताए ।


फेसबुक पेज ;

https://www.facebook.com/profile.php?id=61562378627883&mibextid=LQQJ4d

Don't Miss
© all rights reserved
made with by netKUTI