Responsive Ad Slot

latest

शिक्षक तथा कर्मचारीहरूले आफ्ना छोराछोरीहरूलाई सामुदायिक विद्यालयमा पढाऔं : नगरप्रमुख चिन्तन

Sunday, May 5

/ by Admin BHOLA THAPA

तनहुँ ।

    गोरखाको पालुङटार  नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले सबै शिक्षकहरूले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्नेमा जोड दिएका छन् ।



  गोरखाको पालुङटार नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । शैक्षिक क्षेत्रको सुधारका लागि पालिकाले आवश्यक सहयोग गर्ने तर शिक्षकहरुले चित्त बुझ्दो नतिजा दिनुपर्नेमा समेत उनले जोड दिए ।



             नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्व सांसद परशुराम रम्तेलले शिक्षक संगठनले प्रभावकारी रुपमा केही ठोस निर्णयहरु गरेर कार्यान्वयनमा ल्याउनुपर्ने बताए । उपप्रमुख बन्दना पाण्डेले शैक्षिक क्षेत्र सुधारका लागि आफूहरू निर्वाचित भएदेखि नै सक्दो प्रयास गरिरहेको बताउनुभएको थियो । शैक्षिक क्षेत्र सुधारका लागि ठूलाठूला कामभन्दा पनि साना तर अत्यन्तै महत्वपूर्ण कामहरूबाट आफूहरूले सुरुवात गरेको बताइन् । उक्त कार्यक्रममा उपप्रमुख बन्दना पाण्डे, माओवादी केन्द्रका नगर सचिव शंकरराज कडेल, जीवन ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक बद्री बहादुर पाण्डे लगायतकाले प्रशिक्षणमूलक मन्तव्य राखेका थिए । 

उक्त कार्यक्रममा नेपाल शिक्षक संघका पालुङटार नगर कमिटी अध्यक्ष प्रेम कोइराला, शिक्षक महासङ्घका प्रतिनिधि यदुनाथ न्यौपाने, एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष गणेशराज सेडाई लगायतकाले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा अध्यक्ष टेक बहादुर अधिकारीले संगठनको सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । भने कोषाध्यक्ष अनिल पोखरेल ले आर्थिक प्रतिवेदन पेश गरिन् । कार्यक्रममा विष्णुप्रसाद मरहट्टाले स्वागत मन्तव्य राख्नुका साथै सचिव रमेश रोकाले कार्यक्रमको सञ्चालन गरेका थिए ।


कार्यक्रममा शिक्षक सेवा आयोगबाट फालुङटार नगरपालिकामा सिफारिस भइ आएका शिक्षकहरूलाई समेत स्वागत गरिएको थियो। परिषद्ले रिक्त रहेको नगरपरिषद् सदस्यहरूमा दिनाराम भुसाल र लोकेन्द्र बिष्टलाई थप गरेको छ।

-रेडियो बन्दिपुर



Don't Miss
© all rights reserved
made with by netKUTI