भानु सन्देश - तनहुँको भानु नगरपालिकाको वडा नं. ५ मा रहेको पुरानडिहि नगर अस्पतालमा अब २४ सै घण्टा खुल्ला हुने भएको छ ।
२४ सै घण्टा डाक्टरको निगरानी रहने गरि नेपाल सरकारबाट दरबन्दी कायम गरी डाक्टर खटाए सँगै अव विरामीले डाक्टरबाट २४ सै घण्टा सेवा लिन सक्ने र सामान्य विरामीले अन्यत्र धाउन नपर्ने भएको हो ।
केहि दिन अघि मेडिकल अधिकृत अप्राजिता सिंह नगर अस्पतालमा हाजिर भए सँगै विशेष गरी भानु नगरपालिकाका विरामीलाई सहजहुने भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिए ।
नगर अस्पतालबाट ओपिडि सेवा, २४ सै घण्टा ईमरजेन्सी सेवा, गर्भवती जाँच, प्रसुती सेवा, खोप तथा पोषण सेवा, ल्याब सेवा लगाएतकासेवा प्रदान गरिँदै आईरहेको नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए ।