भानु सन्देश-तनहुँको भानु नगरपालिकामा भोली चैत्र २८ गते देखि ३० गते सम्म महिलाहरुको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर सम्बन्धिनिशुल्क परिक्षण तथा उपचार शिबिर हुने भएको छ ।
भनु नगरपालिका र तुलसीमाया मेमोरियल क्यान्सर रिलिफ टोखा काठमाण्डौंको संयुक्त आयोजनामा निशुल्क शिबिरको कार्यक्रम हुनलागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवकर पौडेलले जानकारी दिए।
कार्यक्रम अन्तरगत चैत्र २८ गते बुधबार वडा नं. १० को कालिमाटीमा रहेको नगर स्तरीय अस्पतालमा, चैत्र २९ गते विहिबार भानु ३ कोखहरेमा रहेको भानु स्वस्थ्य चौकीमा र चैत्र ३० गते सुक्रबार पुरनडिहि नगर अस्पतालमा बिहान १० बजे देखि ४ बजे सम्म शिबिर संचालन हुनेपालिकाको पत्रमा छ।
नगरपालिकाले महिलाहरुको स्त्री रोग संग सम्बन्धि महिलाहरुको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर सम्बन्धि निशुल्क परिक्षणतथा उपचार शिबिरबाट सेवा लिन अनुरोध समेत गरेको छ ।