Responsive Ad Slot

latest

बन्दिपुरमा प्राकृतिक योग चिकित्सालय खुल्ने

Sunday, April 7

/ by Admin BHOLA THAPA

बन्दिपुर -तनहुँको बन्दिपुरमा प्राकृतिक योग चिकित्सालय खुल्ने भएको छ । 

 पहाडकि रानी उपनामले समेत परिचित बन्दिपुरमा योग विज्ञानमा आधारित प्राकृतिक योग चिकित्सालय खुल्ने भएको हो ।

 बन्दिपुरका समाजसेवी, पर्यटन ब्यवशायी सन्तकुमार श्रेष्ठ र उहाँकी धर्मपत्नी


निर्मला श्रेष्ठले स्वर्गीय मातापिताको स्मृतिमा पुननारायण श्रेष्ठ -उजेली देवी प्राकृतिक योग चिकित्सालय संचालन गर्न लागेका हुन ।

नयाँ बर्ष बैशाख १ गते देखी बन्दिपुरको बालाबजारमा उक्त प्राकृतिक योग चिकित्सालय संचालन गर्ने तयारी भैरहेको श्रेष्ठले बताए ।

Don't Miss
© all rights reserved
made with by netKUTI