Responsive Ad Slot

latest

सहकारीमा मेरो २३ लाख फसेको छ, उठाइदिए अलि-अलि दिन्थेँ'-श्रममन्त्री डिपी अर्याल

Saturday, April 6

/ by Admin BHOLA THAPA

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति समेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सहकारीमा आफ्नै २३ लाख डुबेको बताउँदै उठाइदिनेलाई एक/दुई लाख इनाम दिने बताएका छन ।

शनिबार एक कार्यक्रममा अर्यालले  कृषि सहकारीमा आफ्नै २३ लाख लगानी डुबेको दाबी गर्दै त्यो उठाइदिनेलाई एक/दुई लाख रुपैयाँ दिने बताए। 

सहकारीमा २३ लाख लगानी गरेको र अहिलेसम्म फिर्ता नलिएको र सहकारीमा रहँदा आफूले उपाध्यक्ष हुनका लागि एउटा सही छाप गर्नु बाहेक अरु कुनै कारोबारमा सही


नगरेको दाबी समेत गरे।

‘रास्वपाको उपसभापति डिपी आर्यालले पनि सहकारी ठगी गर्यो भन्ने तपाईंहरूलाई लाग्ला,’ उनले भने, ‘मैले २३ लाख रुपैयाँ लगानी गरेको छु, त्यो सहकारीमा। म ठगिएको छु, त्यो २३ लाख उठाइदिए बोल्ने सांसद, लेख्ने मिडियाका साथीहरूलाई म अलि-अलि दिन्थेँ।’




Don't Miss
© all rights reserved
made with by netKUTI