Responsive Ad Slot

latest

कप्तान हार्दिकलाई १२ लाख जरिवान

Saturday, April 20

/ by Admin BHOLA THAPA

मुम्बई ।


इन्डियन प्रिमियर लिग (आईपीएल) ले मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयलाई १२ लाख भारु जरिवाना तिराएको छ । गए राति सम्पन्न पञ्जाव किंग्सविरुद्धको खेलमा स्लो ओभर रेटका कारण कप्तान पाण्डेयलाई १२ लाख जरिवाना गरिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जानकारी दिएको छ ।

कप्तान पाण्डेयले निर्धारित समयभित्र आफ्नो टिमको २० ओभर बलिङ पुरा गर्न सकेका थिएनन् । अब हार्दिकले फेरी यो गल्ती दोहोर्‍याएमा उनलाई यस भन्दा ठुलो जरिवाना हुने बोर्डले जनाएको छ ।

यस सिजनमा स्लो ओभर रेटका लागि गुजरात टाइटन्सका कप्तान शुभमन गिल र दिल्लीका कप्तान ऋषव पन्तलाई पनि जरिवाना गरिसकिएको छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI