Responsive Ad Slot

latest

हिमालय म्याजिक फुडकोअस्ट्रियामा नयां व्यवसाय शुरु

Sunday, April 14

/ by Admin BHOLA THAPA

अस्ट्रिया-करिब पाच वर्षे देखि अष्ट्रिया को राजधानी भिएनामा नेपाली खाद्य सामग्री बिक्रि गर्दै आएको  हिमालयन सुपर मार्केटले भिएनामा  नेपाली खानाहरु अन्तर्राष्ट्रिय समुदायमा परिचित गराउननया वर्ष २०८१ को अवसर पारेर  हिमालय म्याजिक फुड   नामको नया रेस्टुराको  व्यवसाय शुरु गरेको छ।

  उक्त उदघाटन समारोहमा अष्ट्रिया को लागि नेपाली राजदुत महामहिम राजदुत भारत कुमार रेग्मि, एन आर एन का उपाध्यक्ष राम शरण सिम्खडा, नेपाली दुतावासका  प्रथम सचिव अनिल लम्साल, एनआरएनका  अध्यक्ष ध्रुब कुमार पौडेल, नेसास अष्ट्रियाकी  अध्यक्ष रुक्मिणी पौडेल, इनास अष्ट्रियाका अध्यक्ष कुमार अधिकारी, जनजाती महासंघ अष्ट्रियाका अध्यक्ष मुक्त गुरुङ, व्यवसायी बुद्धि तामांग लगायत अन्यको उपस्थिति थियो।  





आफ्नो सेवा शुरु गरे देखिनै नेपाली समुदाय र विदेशी ग्राहकको माया र साथ पाएको योहिमालयन सुपर मार्केट अष्ट्रियामा रहेको नेपाली समुदाय बीच निकै लोकप्रिय छ। उदघाटन समारोहमा बोल्दै  नेपाली राजदुत महामहिम राजदुत भारत कुमार रेग्मिले अष्ट्रियामा नेपाली समुदायले गरेको व्यावसायिक  प्रगतिमा आफु गर्वित भएको बताए  भने एन आर एन का उपाध्यक्ष राम शरण सिम्खडाले विदेश बसेर नेपाली स्वाद पस्किने हरेक नेपालीहरु नेपालका अनौपचारिक राजदुत अर्थात् ब्रान्ड एम्बासडर भएको बताउंदै हिमालय म्याजिक फुड लाई सफलताको शुभकामना दिए ।

  संघ संस्थाको  तर्फबाट एनआरएनका  अध्यक्ष ध्रुब कुमार पौडेल र व्यासयिहरुको तर्फ बाट व्यवसायी बुद्धि तामांगले हिमालय म्याजिक फुडको सफलताको कामना गरे।  


विशुद्ध नेपाली शैली मा नेपाली बालिकाहरु जेनिशा बैदवार र अन्जेलिना श्रेष्ठले नेवारी पहिरनमा पुष्प गुच्छा दिएर आगन्तुकहरुको स्वागत गरेको र नेपाली राजदुत महामहिम राजदुत भारत कुमार रेग्मिले पानसमा बत्ति बालेर हिमालय म्याजिक फुडको शुरुवात गरेको दृश्य उपस्थित विदेशी पाहुनाहरुले चाख मानेर हेरेका थिए।

 औपचारिक कार्यक्रमको सहजकर्ता को भुमिकमा अर्को नेपाली व्यवसाय फिस्टेल सुपर मार्केट का संचालक दिनेश कुमार बैदवार छेत्रीले गरेका थिए।  कार्यक्रममा उपस्थित सबैलाई हिमालय म्याजिक फुडका मालिक गोपाल बाबु श्रेष्ठले धन्यवाद दिएका थिए।

Don't Miss
© all rights reserved
made with by netKUTI