भानु सन्देश ।
तनुहँ ।
क्षत्री समाज नेपाल भानु नगर समितिको भेला सम्पन भएको छ ।
तनुहँको भानु नगरपालिका -१, भंसार बगैँचामा सम्पन उक्त भेलाकोअध्यक्षामा राम बहादुर थापा क्षत्री रहेका थिए, भने प्रमुख अतिथिमा भरत थापा क्षेत्री रहेका थिए ।
यसैगरी, अतिथिहरू राम बहादुरअधिकारी, क्षत्री समाज नेपालका केन्द्रीय सह - सचिव बाबुराम घिमिरे, मिन बहादुर अधिकारी, मदन भण्डारी, नगर कमिटि उपाध्यक्ष सुरेन्द्रबोहोरा लगायत वडा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमको संचालन नगर सह - कोषाअध्यक्षले सिता कार्कीले गरेकीथिइन् , भने कार्यक्रममा स्वागत मन्तव्य नगर उपाध्यक्ष सुरेन्द्र बोहोराले राखेका थिए ।
त्यस्तै, कार्यक्रममा नगर सभापति राम बहादुर क्षेत्रीले १३ वटा वडामा कमिटि बनाई अब नगर अधिवेशनको तयारी रहेको र केन्द्रीय समितिकोअधिवेशन अहिले तनहुँमा आयोजन गर्ने बताए ।
यस्तै, चैत २५ गते तनहुँको सदरमुकाम दमौलीमा क्षत्री समाज नेपालको केन्द्रीय महाधिवेशनहुने भएकाले महाधिवेशलाई सफल पार्न भानु नगर समितिको ठूलो जिम्मेवारी रहेको नगर सभापति राम बहादुर क्षेत्रीले बताए ।
क्षेत्रीले वडाकमिटि गठनमा निकै कष्टका साथ एकाता गरी अब नगर अधिवेशन पनि सफल बनाउन सबैलाई अनुरोध समेत गरेका छन ।