Responsive Ad Slot

latest

मोबाइल चलाउन नपाउँदा आत्महत्या

Monday, March 11

/ by Admin BHOLA THAPA

भानु तनहुँ  ।  


भानु नगरपालिका-९ बडहरेका १३ वर्षीय पर्वत सुनारले मोबाइल चलाउन नपाउँदा आत्महत्या गरेका छन् । उनी मोबाइल धेरै चलाउने गरेको र उनको आमाले मोबाइल चलाउन नदिएपछि गएराति घरमै झुन्डिएर आत्महत्या गरेको स्थानीयले बताएका छन् ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

‘बालकले आत्महत्या गरेको खबर आएपछि हामी घटनास्थलमा आएका छौं, घटनाबारे बुझ्दै छौं,’ एक प्रहरीले भने ‘घटनाको थप अनुसन्धान भइरहेको छ, थप कुरा पोष्टमार्टम पछि मात्रै थाहा हुन्छ ।’ -

स्रोतः
अनलाइनपत्रिका

Don't Miss
© all rights reserved
made with by netKUTI