Responsive Ad Slot

latest

हेमनाथ खरालको परिकल्पनामा रहेको ‘ सहारा ’ सार्वजनिक ( भिडियोसहित )

Tuesday, March 19

/ by Admin BHOLA THAPA
निराज रानाभाट, काठमाडौं । श्रीप्रसाद थापाको शब्द तथा लय रहेको ‘ सहारा ’ बोलको गीत सार्वजनिक भएको छ । उक्त्त गीतमा गायक रामचन्द्र चन्दको स्वर रहेको छ ।
 

प्रिज्म डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतको संगीत संयोजक रामचन्द्र चन्द कै रहेको छ । गीतको भिडियोमा यशु भट्टराई र खिम खरेल ( विष्णु ) को अभिनय रहेको छ । पहिलोपटक अभिनय गर्दाको अनुभव सोचेअनुरुप भएको खरेलले बताए । 

उक्त्त गीतमा हेमनाथ खरालको परिकल्पना तथा बसन्त महर्जनको छायाकंन रहेको छ । उक्त गीतको भिडियो हुम गैरेको निर्देशन तथा सम्पादन गीतको तारिफ गर्न लायक भएको परिकल्पनाकार हेमनाथ खरालले बताए । उक्त गीतमा मिक्स / मास्टरिङ श्याम स्वेत रसाइलीले गरेका हुन् । 

गीतको रेकर्डिष्टमा कमल थापा र गोविन्द अनेक रहेका छन् । उक्त गीतको भिडियो रामचन्द्र चन्द नामक युटुब च्यालनमार्फत सार्वजनिक गरिएको छ । 

भिडियो ;

Don't Miss
© all rights reserved
made with by netKUTI