Responsive Ad Slot

latest

कर्णाली पुलमा ग्यास बोकेको ट्रकमा आगलागी, आगो पुलमा सल्कियो

कर्णाली पुलमा ट्रकमा हुदा आगलागी पुलका लठ्ठामा समेत आगो सल्केको छ। सोमबार दिउँसो कैलाली र बर्दिया जोड्ने पुलमा आगलागी भएको हो।

Monday, March 11

/ by Kanxey

 


धनगढी – कर्णाली पुलमा आगलागी भएको छ। आगलागीबाट ट्रक जलेको छ।

ट्रकमा लागेको आगो पुलमा पनि सल्किएको छ। पुलका लठ्ठामा समेत आगो सल्केको छ। सोमबार दिउँसो कैलाली र बर्दिया जोड्ने पुलमा आगलागी भएको हो।

एक्कासी ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ। ट्रकमा रहेका चालक र सह–चालकको उद्धार गरिएको छ। आगो नियन्त्रणका लागि लम्की–चुहा नगरपालिकाको दमकल मगाइएको छ।

आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। ग्यास सिलिण्डर बोकेको ट्रकमा आगो लागेको हो। आगो लाग्नुको कारण भने खुलेको छैन। अहिले ठूलो संख्यामा प्रहरी र स्थानीय आगलागी भएको क्षेत्रमा जम्मा भएका छन्।

Don't Miss
© all rights reserved
made with by netKUTI