Responsive Ad Slot

latest

विद्यार्थीलाई भलिबल पोशाक सहयोग

Monday, March 11

/ by Admin BHOLA THAPA

भानु सन्देश ।

 तनहुँ समाज हङकङले जिल्लाका दुई माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई भलिबल पोशाक सहयोग गरेको छ । शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतस्थित हंशवाहिनी मावि र वडा नम्बर १ नयाँगाउँ तलीपोखरीस्थित अमरज्योति माविका भलिबल विद्यार्थी टिमलाई पोशाक सहयोग गरेको हो । 


दुवै विद्यालयका सात÷सात जना पुरुष र सात÷सात जना महिला भलिबल खेलाडी गरी कूल २८ जनालाई २० हजार मूल्य बराबरको पोशाक सहयोग गरिएको समाजका पूर्व अध्यक्ष जंगबहादुर थापाले जानकारी दिए । 



हंशवाहिनी मावि प्रांगणमा मंगलबार आयोजित कार्यक्रममा पोशाक हस्तान्तरण गर्दै समाजका पूर्व अध्यक्ष भीमराज गुरुङले तनहुँ समाज हङकङ विद्यार्थीको शारीरिक विकासका लागि प्रतिबद्ध रहेको बताए । सो अवसरमा हंशवाहिनी माविका प्रधानाध्यापक कविराज खनाल र अमरज्योति माविका प्रधानाध्यापक ओमकारराज खनालले समाजले खेलकुदको विकासका लागि विद्यार्थीहरुलाई सहयोग गरेकोमा समाजप्रति सराहना व्यक्त गरेका थिए । 

Don't Miss
© all rights reserved
made with by netKUTI