Responsive Ad Slot

latest

तनहुँ सेवा समाज युएईद्धार आयोजित बनभोज कार्यक्रमको तयारी पुरा

Saturday, January 7

/ by Admin BHOLA THAPA

युएई ।

तनहुँ सेवा समाज युएईद्धार आयोजित बनभोज कार्यक्रमको तयारी पुरा भएको छ  ।

अंग्रेजी नयाँ बर्ष २०२३ को अबसर पारेर तनहुँ समाज युएईले युएइको मृसृफ पार्कमा जनवारी ८ (आईतवार) भोली आयोजना गरिएकोे बनभोज कार्यक्रमको तयारी पुरा भएको कार्यक्रम संयोजक कृस सुनारले जानकारी दिए ।


कार्यक्रममा बैदेशिक रोजगारीको शिलशिलामा युएईमा रहदै आएका सम्पुर्ण नेपालीहरुलाई उपस्थीतीका लागी समाजले अनुरोध समेत गरेको छ  ।



समाजका महासचिव सुरिन भजुलेका अनुसार कार्यक्रममा बिविध मनोरञ्जन , खेलकुद , नृत्य, तथा लोक दोहोरी घम्साघम्सी हुने बताए ।


संयोजक सुनारले कार्यक्रममा सहभागीका हुनका लागी दुबई क्षेत्रमा रहनेहरुलाई निशुल्क यातयतको सुबिधा रहेको तथा क्षेत्रका लागी भने क्षेत्रीय संयोजक सगँ सम्पर्क गरि उपस्थीत हुन अनुरोध गरेका छन  ।


कार्यक्रममा ४३ इन्चको टिभी “लक्की ड्र” बम्पर उपहार,स्थानिय नेपाली कलाकारद्वार लोक दोहोरी घम्साघम्सी,अन्य विबिध मनोरञ्जत्मक कार्यक्रम साथै नेपाली स्वादको मिठो खानाका परिकारहरु समेत रहेको समाजका अध्यक्ष सुदिप कार्कीले बताए ।

Don't Miss
© all rights reserved
made with by netKUTI