Responsive Ad Slot

latest

सेपावगैँचा बजार सरसफाईमा बच्चा देखी बुढा सम्म,–

Thursday, September 12

/ by Admin BHOLA THAPA
हाम्रो उद्श्य भनेको नमुना बजार बनाउने हो -अध्यक्ष प्रविन बराल ।

भोला थापा क्षेत्री 
सेपावगैचा ,तनहुँ । तनहुँको भानु नगरपालिका वडा ५ सेपावगैचामा स्थानियले एक क्लब गठन गर्दै पहिलो कार्य बजार सरसफाईबाट सुरु गरेका छन ।

गत सात स्थानिय युवा प्रविन वरालको अध्यक्षतामा “पीस एण्ड हार्मनी यूथ क्लब“ नामक क्लव गठन गर्दै बजार सरसफाई अभियनलाई सुरु गरेका हुन ।

क्लवको गठन भए लगातै युवाहरुले गरेको बजार प्रतिको चासोलाई लिएर स्थानियले धन्यावाद ज्ञापन सहित खुसी व्यक्त गरेको छन  । 

“अहिले आएर भने बजारमा रहेका युवाहरुले गरेको सकारात्मक काम प्रति हामी निकै हर्षित भएका छौ । बजारमा जथाभावी फोहोर मैलाहरु फाल्ने क्रमपनि धेरै कम भएको र आफ्नो वरिपरि आफैले नै फोहोर नगरौ सरसफाई गरौ भन्ने सन्देश मुलक कार्य गरेको छ “पीस एण्ड हार्मनी यूथ क्लब“ले स्थानिय कृष्ण बहादुर थापाले भने ।

यसै गरि भानु नगरपालिका वडा ५ का वडा सदस्य दिपक थापाले बजारका भाई वैनीहरुले गरेको उक्त काम प्रति धन्यावाद प्रकट गर्दै आगामी दिनमा आफुपनि साथसाथै सहयोग गर्ने तत्पर रहेको बताएका छन  ।

हाम्रो उदश्य भने सेपावगैचा बजारमात्र नभएर भानु नगरपालिकाको सबै वडा टोलमा यसरीनै सरसफाई अभियान साथै अन्य विभिन्न समस्यमा परेकाको उद्धर गर्दै समाजमा सकारात्कम सन्देश दिने हो, किन कि अहिले नेपालमा विभिन्न किसीमको रोगहरुले आक्रमण गरिरहेको अबस्था छ । हामीले हाम्रो टोल सरसफाई नगर्ने हो भने हामीलाई पनि केही न केही रोगले पक्क भेट्छ त्यही भएर अबको उदेश्य भनेको हाम्रो नमुन बजार बनाउने हो साथै कसैलाई आपतकालीन परेको खण्डमा पनि हामी २४ सै घण्टा सहयोग गर्ने छौ क्लवका अध्यक्ष प्रविन बरालले बताए ।

उनले थपे हामी अहिले बल्ल सुरुवती चरणमा छौ हाम्रो बजार टोलका थुप्रै साथीहरु बैदेशिक रोजगारीमा हुनुहुन्छ । यसलाई अगाडी बढाउनको निमित्त उहाँहरुको पुरा सहयोगको खाचोँ रहेको छ र क्लबले आशा पनि गरेको छ साथै सम्पुर्णले विभिन्न तह र तप्काबाट क्लबलाई सहयोग र सल्लाह सुझाव दिनु हुने छ भन्नेमा आशाबादी रहेको बताए ।

उक्त “पीस एण्ड हार्मनी यूथ क्लब“को अफिसियल पेज सामाजिक संजाल फेसबुकमा पनि भेट्न सकिन्छ साथै आफ्नो टोलहरुमा कही कतै सहयोगको आवश्यक परेमा सम्पर्क पनि गर्न सकिने क्लबले बताएको छ ।










Don't Miss
© all rights reserved
made with by netKUTI