Responsive Ad Slot

latest

जीपको ठक्करबाट बृद्धाको मृत्यु

Tuesday, December 4

/ by Admin BHOLA THAPA
डुम्रे । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा मङ्गलबार े जीपको ठक्करबाट सोही ठाउँ निवासी ७५ वर्षिय चोलानाथ घिमिरेको मृत्यु भएको छ । 

आँबुखैरेनीबाट डुम्रे जाँदै गरेको बा ७ च ९१७४ नम्बरको बलेरो जीप अनियन्त्रिक भई छेउमा रहेका पैदलयात्री घिमिरेलाई ठक्कर दिंदा मृत्यु भएको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका प्रहरी नायव निरीक्षक रामशरण रानाले जानकारी दिनु भयो । 

रानाका अनुसार जीपको ठक्करबाट गंभिर घाईते भएका घिमिरेको दमौली अस्पतालमा उपचारको क्रममा दिउँसो २ः३० वजे मृत्यु भएको हो । आवश्यक अनुसन्धानको लागि जीप र जीपका चालक तनहुँको भानु नगरपालिका–१३ निवासी सन्जोक मगरातीलाई नियन्त्रणमा लिईएको छ । दमौली अस्पतालको पोष्टमार्टम पछि घिमिरेको शवलाई आफन्तले बुझेको प्रहरीले जनाएको छ ।
Source:http://www.radiochhimkeshwori.com.np/news-details/143/2018-12-04
Don't Miss
© all rights reserved
made with by netKUTI