Responsive Ad Slot

latest

भानुमा चितुवा आतङक नियन्त्रण गर्न तीन सय जनाको सर्च टोली

Tuesday, December 4

/ by Admin BHOLA THAPA

चितुवा नियन्त्रणमा लिन सि.सी क्यामरा राखिदै

तनहुँको भानु नगरपालिकाका क्षेत्रमा मान्छेमाथि आक्रमण गर्ने चितुवाको नियन्त्रण गर्न मङ्गलबारबाट तीन सय जनानको सर्च टोली खटिएको छ ।

चार जना जनपथ प्रहरी , शसस्त्र प्रहरीबल मनकामना गण भानुबाट ७० जना र बाँकी स्थानीय वासिन्दा गरी सो सङ्ख्यामा सर्च टाली पचिालन गरिएको भानु नगरपालिका–२ नारेश्वटार स्थित इलाका प्रहरी कार्यालय भानुका प्रमुख जगत ढकालले जानकारी दिनु भयो । चितुवाको आक्रमणबाट भानु नगरपालिकामा एक वर्षको अवधिमा तीन जनाको मृत्यु भएको छ ।
एक महिनाकै अवधिमै चितुवाले आक्रमण गरी दुई जनाको मारी दिएको छ । यही मङ्सीर १५ गते चितुवाले बालकालाई आक्रमण गरी मारी दिएको थियो । साथै एक जना घाईते भएका छन् । २०७४ साल फागुन १ गते एक जना , २०७५ साल काक्तिक २९ गते र मङसीर १५ गते समेत गरी तीन जनाको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । चितुवा नियन्त्रण गर्न शसस्त्र रुपमा खटिएको नेपाल प्रहरी , शसस्त्र प्रहरी , वन रक्षक सुरक्षाकर्मीलाई स्थानीय वासिन्दाले पनि साथ दिएको भानु नगरपालिकाको वडा नम्बर २ का वडा अध्यक्ष अर्जुन केसीले जानकारी दिनु भयो । वडाध्यक्ष केसीका अनुसार प्रत्येक घर धुरीबाट एक÷एक जनाको दरले स्थानीय घरेलु हतियार लिई चितुवाको खोजीमा खटिएका छन् ।

चितुवा नियन्त्रण गर्ने व्याक्तिलाई भानु नगरपालिकाले सोमबार पुरस्कारको घोषणा गरेको छ । राष्ट्रिय प्रकृति कोषको डार्टिङ प्रविधि सहितको चितवन राष्ट्रिय निकुञ्ज उद्धार टोली , सदर चिडिया खाना जावलाखेलको उद्धार टोली समेतलाई परिचालन गरि नियन्त्रणको लागि ४ ठाउँमा सेन्सर क्यामरा राखिएको तनहुँका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिनु भयो । नरभक्षी चितुवा नियन्त्रणको लागि स्थानीय बासिन्दाहरुको सहयोग र परिचालन समेतबाट दुईवटा खोर बनाई प्रत्येक साँझ बाख्रा सहितको पासो थाप्ने पनि गरिएको छ ।

चितुवाको वास्तविक अवस्था थाहा पाउन चितुवाको दिशा र रौं समेतको परिक्षणको लागि पठाउने व्यवस्था मिलाईएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिनु भयो । जङ्गली जनावरबाट मानविय क्षेती हुनबाट बच्नको साझा पहल थालनीको लागि नगरपालिकाले बोर्ड बैठक सञ्चालन गर्नुका साथै सरोकारवालाहरुसँग छलफल गरी पुरस्कारको घोषणा गरिएको भानु नगरपालिकाका मेयर उदयराज गौलीले जानकारी दिनु भयो ।

भानु नगरपालिका क्षेत्रभित्र विशेष गरी २,३,४,५,९,११ लगायतका सबै वडामा चितुवाले पटक÷पटक आक्रमण गरी मानिसहरुको ज्यान मार्ने , घाईते बनाउने र गाउँवस्तिमा प्रवेश गरी जनमानसमा त्रास पैmल्याउने गरेकाले उक्त गतिविधी नियन्त्रणबारे भानु नगरपालिका–२ फुस्रेटार स्थित भानु नगरपालिकाको कार्यालयमा गरिएको सो छलफलले नरभक्षी चतुवालाई नियन्त्रण वा मार्न प्रतिवेदन सहित जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको थियो ।

भानु नगरपालिकाको वडा नम्बर १ देखि १३ सम्मका टोल विकास सस्था , युवा क्बल , विभिन्न सामाजिक सङ्घ सस्था सहितको टोली गठन गरी घर वरपरका झाडी सफा गर्ने लगाउने , विशेष गरी साँझ र विहानपख चितुवाले बच्चाहरु माथि आक्रमण गर्ने भएको हुनाले बत्तिहरु बाल्न लगाउने , बालबालिकालाई एक्लै दुक्लै नछोड्ने निर्णय गरिएको छ । भानु नगरपालिकाको क्षेत्रभित्र रहेका विभिन्न सामुदायिक वनहरुको कार्य योजना र विधान अनुसार सामुदायिक वन झाडी गोडमेल गर्ने निर्णय गरेको छ । यस्तै सदर चिडिया खाना , डिभिजन वन कार्यालय तनहुँका कर्मचारी , प्रहरी , प्रशासनबाट चितुवा नियन्त्रण गर्न खटिएको टोलीलाई स्थानीय जनसमुदायले आवश्यक सहयोग गर्ने , टोल विकास सस्था , युवा क्लब , विभिन्न सामाजिक सङ्घ सस्था समेतको सहभागितामा खोजी टोली परिचालन गर्न सम्बन्धित निकायले व्यवस्था मिलाउने निर्णय भएको छ ।

भानु नगरपालिकाका विभिन्न विद्यालयहरुमा वन्यजन्तु वच्ने बारे डिभिजन वन कार्यालय र भानु नगरपालिकाले सयुक्त रुपमा विद्यालयमा चेतना मुलक कार्यक्रम गर्ने निर्णय भएको छ । साथै नेपाल विद्युत प्राधिकरण तनहुँ शाखालाई भानु नगरपालिका क्षेत्रभित्र साँझ देखि विहान उज्ज्यालो नहुँदा सम्म निरन्तर बक्तिको व्यवस्था गर्न अनुरोध गर्ने निर्णय गरिएको छ ।

कार्यक्रम डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले नियन्त्रण लिने क्रममा मानविय क्षेती पु¥याएकोले गोली हानेर मार्ने सम्मको आदेश प्राप्त भएको बताउनु भयो ।साथै बरालले चितुवाको आहारा मानिसले मारेर खाईदिने गरेकोले आहाराको खोजीमा मानव वस्तीमा चितुवा पस्न सक्ने भएको हुँदा त्यस तर्पm सर्तक हुन आग्रह गर्नु भएको थियो । 
Don't Miss
© all rights reserved
made with by netKUTI