Responsive Ad Slot

latest

लुम्बिनी समाज रुपन्देहीद्वारा रक्तदान तथा सम्मान

Monday, December 3

/ by Admin BHOLA THAPA


बुटवल ८ मंसिर  ।  लुम्बिनी समाज रुपन्देहीले रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । रुपन्देहीको शंकरनगरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिका प्रमुख बासुदेब घिमिरेले रक्तदान जीनवदान भएकाले रगतदान गर्ने बानीको बिकास गर्नुपर्ने बताउनुभयो । 

संस्थाका अध्यक्ष मनोरमा शेरचनले समाजले बिभिन्न रचनात्मक कार्यक्रम गर्दै आइरहेको बताउनुभयो । कार्यक्रममा नियमित रक्तदाता समाजका रुपन्देही अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रक्तदान कसरी गर्ने,किन गर्ने र कस्तो अबस्थामा गर्न हुने भन्ने बारेमा प्रशिक्षण दिनुभएको थियो ।

सो अबसरमा धेरै पटक रक्तदान गरेका कृष्ण चौहान क्षेत्री,पूर्णबहादुर क्षेत्री,अर्जुन पौडेललाइ सम्मान गरिएको कार्यक्रम संयोजक तथा समाजका सचिब निलेश अधिकारी,घनश्याम तिवारीले जानकारी दिनुभयो  । 
कार्यक्रममा उमानाथ कडेल,अर्जुन पौडेल, कृष्ण चौहान क्षेत्री,नेत्र ज्ञवाली,तिर्थ पौडेल,चण्डी पाण्डे,लक्ष्मण अर्याल,ढालबहादुर कार्की,बाबुराम अधिकारी,राममाया गुप्ता,एलजि गुप्ता सुमन श्रेष्ठ लगायतले बोल्नुभएको थियो । कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए ।

Don't Miss
© all rights reserved
made with by netKUTI