Responsive Ad Slot

latest

किरियापुत्री भवनलाई सहयोग

Monday, December 3

/ by Admin BHOLA THAPA
दमौली, १७ मङ्सिर । व्यास नगरपालिका–३ व्यास गुफा क्षेत्रमा निर्माणाधीन किरियापुत्री भवनलाई दमौली सङ्गम क्लवले आर्थिक सहयोग प्रदान गरेको छ । 
क्लवले भवन निर्माणको लागि १५ हजार रुपैयाँ सहयोग गरेको हो । उक्त रकम क्लवका अध्यक्ष मेघराज काफ्ले  र संरक्षक मेखबहादुर गुरुङले भवन निर्माण समितिका अनुगमनकर्ता प्रियनाथ पौडेललाई हस्तान्तरण गरेका छन् । 
सो अवसरमा क्लवका अध्यक्ष काफ्लेले सामाजिक काममा सहयोग गर्न पाउँदा खुशी लागेको बताए । 
व्यास–३ स्थित व्यास गुफा क्षेत्रको पूर्वतर्फ निर्माणाधीन ८ कोठे उक्त भवन ५० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिने समितिले जनाएको छ । व्यास नगरपालिकाको ८० प्रतिशत र बाँकी स्थानीय लागत सहभागितामा उक्त भवनको निर्माण कार्य सम्पन्न गरिने बताइएको छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI