Responsive Ad Slot

latest

भानुको कल्याणटारमा फुटबल प्रतियोगिता हुदै– विजेतालाई लाखौको पुरस्कार

Thursday, December 27

/ by Admin BHOLA THAPA


तनहुँको डुम्रेमा आगामी माघ १६ गते बाट चौथो डुम्रे कप २०७५ फुटबल प्रतियोगिता हुने भएको छ ।
भानु नगरपालिका १ कल्याणटार खेल मैदानमा हुने उक्त कार्यक्रम डुम्रे साँस्कृतिक युवा परिवारले गर्न लागेको हो । प्रतियोगितामा विजेतालाई नगद  १ लाख २३ हजार ४५६ रुपैयाँ प्राप्त गर्नेछ भने, उपविजेताले नगद ६५ हजार ४३२ रपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।



यस्तै, प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, सर्वा्धिक गोलकर्ता, उत्कृष्ट गोलकिपर लगायतलाई पनि आकर्षक पुरस्कारको ब्यबस्था गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताको लागि माघ १४ गतेसम्म टिम दर्ता गर्न सकिने बताइएको छ । यस्तै, यही पौष २२ गतेदेखि बन्दीपुर गाउँपालिका(१ छापमा पाचौ छपेली कप गरिने भएको छ । छपेली साँस्कृतिक युवा क्लबले आयोजना गरेको उक्त फुटबल प्रतियोगिताको विजेताले नगद ६० हजार र उपविजेतालाई ३५ हजार रुपैयाँद्वारा पुरस्कृत गरिने भएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI