Responsive Ad Slot

latest

भानुको पुकोर्टमा कृषी औधोगिक मेला हुदै ।

Tuesday, December 25

/ by Admin BHOLA THAPA
भोला थापा 

तनहुँ भानु नगरपालिका वडा ९ को वााईजगरमा प्रथम पुकोर्ट कृषी जैविक तथा औधोगिक मेला हुने भएको छ । “कला संगीत र संस्कृति, कृषी तथा स्थानीय उत्पादन विकासको समृद्वि बोलको मुला नारा सहित आगामी माघ महिनाको १० देखी २० गते सम्म उक्त कार्यक्रम हुन लागेको हो । 

उक्त महोत्सवमा नेपाली राष्ट्रिय ख्याति प्राप्त कलाकार तथा स्थानिय कलाकारहरु बेजोड प्रस्तुती रहने बजगाईले सामाजिक संजाल फेसबुकमा सार्वजनिक गरेका छन । कार्यक्रममा मुख्य आकार्षहरु १५० भन्दा बढी स्थानीय बालिको प्रदर्शनी , ६०० भन्दा बढी जरिबुटिको प्रदर्शनी,कृषी र हस्तकलाका सामाग्री प्रदर्शनी , एकल नृत्य प्रतियोगीता, गायन प्रतियोगीता,दोहोरी प्रतियोगीता लगायत मनोरञ्जन कार्यक्रम समेत हुने बजागाईले बताएका छन । 


आयोजक समिती गठन ।


 उक्त कार्यक्रमलाई संचालन गर्नका निमित्त आयोजक समिती समेत गठन गरेको छ  । जसमा संयोजक सिताराम बजगाई, सह संयोजक दुर्गा बहादुर राउत, सचिव सरोज कुमार श्रेष्ठ, कोषाध्यक्ष विकल राज अधिकारी रहेका छन भने सदस्यहरु कृष्ण राज, गणेशमन श्रेष्ठ, लिलाराज पाण्डे, उमा श्रेष्ठ, रेवती देवी श्रेष्ठ, मीन बहादुर गुरुङ्ग, मेख बहादुर थापा, एक बहादुर थापा,र प्रमे बहादुर पाण्डे रहेका छन । 

सल्लाहाकार समिती गठन ।


 कार्यक्रमलाई थप जिम्मेवारी दिनाका निमित्त आयोजकले महोत्सवका लागी सल्लहाकार समितीमा भानु नगरपालिका वाड अध्यक्षहरुलाई सल्लाहार समितीमा चयन गरेको हो जसमा  निलन संजीव श्रेष्ठ, (वाड ९), रामकृष्ण देबकोटा (वाड ७)दल नारायण श्रेष्ठ (वाड ३),गोविन्द सिल्वाल (वाड १०), भरतराज ढकाल (वाड ८) रहेका छन भने अन्य बुद्धीजिवीहरुलाई पनि सल्लाहारम गरेको उनले बताए अन्यहरु खिला शर्मा बगाले, हरिकृण्ण श्रेष्ठ, सीतारमा अधिकारी, बलराम ढकाल, रमानाथ बजागाई, शम्भु पौडेल रुद्रनिधी भण्डारी र हरि प्रसाद बगालेलाई सल्लाहारका चयन गरेको संयोजक बजगाईले सामाजिक संजालमा पोष्ट गरेका छन ।
Don't Miss
© all rights reserved
made with by netKUTI